काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा टुंगिएको छ । उक्त मुद्दाउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा आजदेखि बहस सुरु भएको हो । अब यस मुद्दामा भोलि सुनावाइ हुँदैछ ।
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासमा बहस भइरहेको मुद्दाको फैसला भोलिनै आउनसक्ने बताइएको छ ।
सोमबार सर्वोच्चले उक्त मुद्दामाथि पूर्ण इजलासमा सुनुवाइ गर्ने आदेश गरेको थियो ।
मुख्यमन्त्री चुन्ने पक्रियामा सभामुखको प्रत्यक्ष संलग्नता भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्चमा मुद्दा हालेको थियो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आहृवान गरेका थिए ।
२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख खापुङले सोही दिन थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
Facebook Comment
Comment