महिला विश्वकप फुटबल: तीन खेल हुँदै

नेपालभ्युज

महिला विश्वकप फुटबल: तीन खेल हुँदै

एजेन्सी । अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन वटा खेल हुँदैछन् ।

अहिले विहान पौने ८ बजे समूह एचका कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् । यो समूहमा हिजो जर्मनीले मोरक्कोलाई ६ गोलले हराएको थियो ।

विहान पौने १२ बजे फिलिफिन्स र न्युजिल्याण्डले खेल्दैछन् । पहिलो खेलमा फिलिफिन्स स्वीट्जरल्याण्डसँग पराजित भएको थियो भने न्युजिल्याण्डले नर्वेलाई हराएको थियो ।

आजै दिउँसो पौने २ बजे समूह ए का स्वीट्जरल्याण्ड र नर्वेले खेल्नेछन् । महिला विश्वकपमा ३२ देशको सहभागिता छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved