बच्चालाई सानैदेखि सिकाउनुहोस् आफ्नो हेरचाह गर्ने बानी

नेपालभ्युज

बच्चालाई सानैदेखि सिकाउनुहोस् आफ्नो हेरचाह गर्ने बानी

एजेन्सी । प्रायः सबै आमाबुवाको सपना हुन्छ उसको सन्तान पढाई लेखाईमा राम्रो होस् र ठूलो मान्छे बनोस् । उच्च शिक्षाका लागि बच्चालाई राम्रो स्कूलमा पढाउने प्रयास सबैले गर्छन् ।

तर, कयौं पटक बच्चा पछाडि परिरहेका हुन्छन् । पढाईसँगै बच्चालाई आफ्नो हेरचाह गर्न सिकाउँदा नयाँ वातावरणमा घुलमिल हुन एकदमै सहयोग हुन्छ ।

कयौंपटक उच्च शिक्षा, जागिर आदिका लागि घरबाट टाढा रहनुपर्ने हुन्छ । यस्तो समयमा यदि बच्चाको राम्रो बानी व्यवहार छैन भने कयौं प्रकारका समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।

बच्चालाई राम्रो शिक्षा दिनुका साथै ५ वर्षभन्दा कम उमेरदेखि नै राम्रो बानी व्यवहार पनि सिकाउनु सुरु गर्नुहोस् । यस्ता केही टिप्स छन् जसको सहयोगले बच्चाले आफ्नो ध्यान आफै राख्न सक्नेछ ।

उसलाई यस्ता टिप्सले आत्मनिर्भर बन्न सिकाउँछ । साथै बच्चा पछि गएर बलियो पनि हुन्छ ।

आफ्नो काम आफै गर्ने बानी

बच्चालाई आफ्नो ख्याल आफै राख्नका लागि दुई वर्ष पुगेपछि आफ्नो हात आफै धुन सिकाउनुहोस्, ब्रस गर्न, दिशापिसाब गर्न सिकाउँदै जानुपर्छ ।

तीन वर्षको हुँदाहुँदै बच्चालाई चम्चाले आफै खाना खान सिकाउनु पर्छ । यसरी बच्चाले आफै खान सिक्दै जान्छ ।

बच्चासँग कुरा गर्ने

बच्चालाई आत्मनिर्भर बनाउन उनीहरुसँग खुलेर कुराकानी गर्नुहोस् । यस्तो गर्नाले बच्चा भावनात्मक रुपमा बलियो हुन्छ र उसलाई आफ्नो कुराहरु सेयर गर्ने बानी पनि हुन्छ ।

बच्चाको कुरा सुन्ने क्रममा राम्रो कुराको प्रसंशा गर्नुहोस् र यदि उसले कुनै गलत कुरा गर्छ भने राम्रोसँग सम्झाउने कोसिस गर्नुहोस् ।

किताबको सहारा लिने

बच्चालाई आफ्नो सेल्फ केयर स्किल सिकाउनका लागि राम्रा किताबको सहयोग पनि लिन सक्नुहुन्छ । बच्चालाई त्यस्ता किताब गिफ्ट पनि गर्न सक्नुहुन्छ । जसमा सेल्फ केयर स्किलका बारेमा जानकारी होस् ।

बच्चालाई हप्तामा वा कम्तीमा महिनामा एकपटक किताबको पसल वा पुस्तकालय लग्ने गर्नुस् । जहाँ उनीहरुले आफूलाई मन पर्ने किताब किन्नेछन् । यसले बच्चाको पढ्ने बानीको विकास हुन्छ ।

बेडटाइम रुटिन बनाउने

बच्चालाई राम्रो बानी व्यवहार सिकाउनका लागि बेडटाइम रुटिन पनि बनाउन सकिन्छ । सानैदेखि बेडमा जानुअघि मोबाइल वा टिभी देख्नुहुँदैन । सुत्नुअघि ब्रस गर्ने, हातखुट्टा धुने, कपडा फेर्ने आदि राम्रा बानीहरु सिकाउने लग्न सकिन्छ ।

शारीरिक क्रियाकलाप

सबै आमाबुवाका लागि बच्चा शारीरिक रुपमा स्वस्थ रहोस् भन्ने नै हुन्छ र यो जरुरी पनि हो । यस्तो हुनका लागि बच्चालाई शारीरिक रुपमा क्रियाशील रहनका लागि बताउनुपर्छ ।

उनीहरुलाई मनपर्ने खेल खेल्न प्रोसाहन गर्ने वा अन्य नाँचगान, स्वीमिंग आदिका कक्षामा भर्ना गर्न पनि सकिन्छ । यसले उनीहरुलाई अन्य नयाँ नयाँ स्किल सिक्न पनि प्रोत्साहित गर्छ ।

सानो उमेरदेखि नै बच्चालाई स्मार्ट वा होसियार बनाउन यस्ता स्किल तपाईंले घरमै सिकाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved