मौद्रिक नीतिले मनोबल गिरायो : निजी क्षेत्र

नेपालभ्युज

मौद्रिक नीतिले मनोबल गिरायो : निजी क्षेत्र

काठमाडौं । नेपाली उद्योगी, व्यवसायीले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रको माग सम्बोधन नगरेको र वर्तमान आर्थिक समस्या समाधान हुन नसक्ने भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मौद्रिक नीति उच्च ब्याजदर र नगद प्रवाहमा भएको समस्या समाधान गर्नेतिर उन्मुख नभएको उनीहरुको ठहर छ । ‘मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल झन् गिराएको छ’ नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने ।

अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको भनिएपनि व्यवहारिकरुपमा त्यस्तो नभएको उद्योगी व्यवसायीले बताएका छन् । ‘गत आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण लक्ष्य १२.६ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षका लागि यस्तो लक्ष्य ११.५ प्रतिशतमा झारिएको छ’, अग्रवालले भने, ‘यसले बजेटमार्फत सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ ।’ उनले साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्यले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गत वर्षभन्दा यो वर्षको मौद्रिक नीति केही खुकुलो भए पनि भए पनि ब्याजदरमा निजी क्षेत्रको माग सम्बोधन नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved