साफ फुटबलको खेल तालिका सार्वजनिक

नेपालभ्युज

साफ फुटबलको खेल तालिका सार्वजनिक
तस्वीरः एन्फा/फेसबुक

काठमाडौं। दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघले दुवै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

यू–१६ को प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशसँग खेल्ने छ। नेपाल समूह ‘ए’ मा भारत र बङ्गलादेशसँगै छ। सो खेल भुटानको थिम्पुमा सेप्टम्बर १ देखि १० सम्म सञ्चालन हुनेछ।

यस्तै, यू–१९ मा भने नेपालले आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने छ। नेपाल माल्दिभ्स र पाकिस्तानसँगै समूह ‘ए’ मा छ। यू–१९ प्रतियोगिता नेपालको काठमाडौंमा सेप्टेम्बर। २१ देखि ३० सम्म आयोजना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved