सुन तस्करी समाउन राजस्वले माग्यो प्रहरीको सहयोग

नेपालभ्युज

सुन तस्करी समाउन राजस्वले माग्यो प्रहरीको सहयोग

काठमाडौं । एक सय किलो सुन तस्करीमा संलग्नलाई पक्राउ गर्न राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइ बाहिरिएको सुन सिनामंगलबाट बरामद भएको घटनाको अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको हो ।

विभागको अनुरोधपश्चात प्रहरीले एसपी कृष्ण पंगेनीलाई सुन तस्करी अनुसन्धानका लागि खटाएको छ ।

राजस्व अनुसन्धान विभागले अघिल्लो बुधबार करिब सय किलो अवैध सुन बरामद गरेको थियो । उक्त सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved