साउनको दोस्रो सोमबार: डोलेश्वर महादेवमा श्रद्धालुको भीड (तस्वीरहरु)

साउनको दोस्रो सोमबार: डोलेश्वर महादेवमा श्रद्धालुको भीड (तस्वीरहरु)

भक्तपुर। भक्तपुर जिल्लाको दक्षिणमा रहेको ढोला शिखर पर्वत शृङ्खलाको काखमा अवस्थित यो शिवालयलाई प्राचीनकालदेखि डोलेश्वर महादेवको नामले पुकारिँदै आइएको छ।

भक्तपुरका तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले, शिवालय परिसरमा स्थापित गरेको शिलालेखले पनि यो शिवालयको पहिले देखिनै ‘डोलेश्वर महादेव’ नाम रहेको प्रमाणित गर्दछ ।

भक्तपुर जिल्लाको सिपाडोलमा अवस्थित यस शिवालयलाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनेर चिनिन्छ। हिमवतखण्डमा डोलेश्वर महादेवलाई विमलेश्वर महादेव भनी उल्लेख गरेको पाइन्छ ।

पाण्डवहरुले समेत तीर्थाटन गरेको भनी विश्वास गरिएको यस शिवालयलाई भारतमा रहेको श्री केदारनाथको शिर भाग समेत मानेर पूजा गरिन्छ ।

आज साउन महिनाको दोस्रो सोमबार, यहाँ जल चढाउने र पूजा गर्ने श्रद्वालुहरूको घुइँचो लागेको छ। हिन्दु धर्मशास्त्र अनुसार साउन महिनाको सोमबारलाई शिवको पवित्र बार मानिन्छ। तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved