महिला विश्वकप : आज तीन खेल हुँदै

नेपालभ्युज

महिला विश्वकप : आज तीन खेल हुँदै

एजेन्सी। अष्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकप फुटबलमा आज पनि तीन वटा खेल हुँदैछन् ।

विहान पौने १२ बजे इट्ली र अर्जेन्टिनाले खेल्दैछन् । ग्रुप जी मा रहेका यी देशको खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । यस समूहको पहिलो खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हराएको थियो ।

यस्तै दिउँसो पौने ३ बजे जर्मनी र मोरक्कोले खेल्नेछन् । समूह एचको  यो खेल अष्ट्रेलियाको मेलबर्नमा हुनेछ ।

यस्तै ब्राजिल र पनामाको खेल बेलुका पौने ५ बजे हुनेछ । समूह एफको यो खेल  अष्ट्रेलियाको एडिलेडमा हुनेछ । यसै समूहमा हिजो आइतबार फ्रान्स र जमैकाले बराबरी खेलेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved