गलत समयमा खाने गर्दा पनि बढ्छ मोटोपन

स्वास्थ्य विशेषज्ञहरुलाई मान्ने हो भने मानिसले सुतेर उठेपछि ३ घण्टाभित्र नास्ता खानुपर्दछ । नास्ता गर्ने बिहानको एकदमै राम्रो समय भनेको ७ बजेदेखि ९ बजेको बीचलाई मानिन्छ । त्यसैले सोही समयमा नास्ता गर्ने बानी बसाल्नुहोस् ।

नेपालभ्युज

गलत समयमा खाने गर्दा पनि बढ्छ मोटोपन

एजेन्सी । स्वस्थ शरीर पाउनका लागि खानपानमा ध्यान दिनु मात्रै पर्याप्त हुँदैन । यदि सही समयमा नास्ता, खाना तथा रातको खाना खानुभएको छैन भने पनि तपाईंको तौल बढ्न थाल्छ र थकान महसुस हुन्छ ।

कयौं मानिस समय हेरेर भन्दा पनि भोकलाई हेरेर खाना खाने गर्छ । उनीहरुलाई जतिबेला भोक लाग्छ त्यतिबेला नै खाने गर्छन् । तर यस्तो गर्नु भनेको रोगलाई निम्ता दिनु हो ।

समयमा खाना नखाँदा मानिसलाई मधुमेह, उच्च रक्तचाप, अनिद्रा तथा पाचनतन्त्रसँग जोडिएका कयौं समस्या देखिन सक्छन् ।

स्वास्थ्य विशेषज्ञहरुलाई मान्ने हो भने मानिसले सुतेर उठेपछि ३ घण्टाभित्र नास्ता खानुपर्दछ । नास्ता गर्ने बिहानको एकदमै राम्रो समय भनेको ७ बजेदेखि ९ बजेको बीचलाई मानिन्छ । त्यसैले सोही समयमा नास्ता गर्ने बानी बसाल्नुहोस् ।

स्वस्थ जीवनशैलीका लागि नास्ता तथा खानाको बीचमा कम्तीमा ५ घण्टाको अन्तर हुनु पर्दछ । यदि तपाईंले बिहान ९ बजे नास्ता खानुभएको छ भने दिउँसो २ बजेसम्म खाना खान सक्नुहुन्छ ।

यदि खाना खाइसकेपछि केहीबेरमा हल्का भोक लाग्छ भने तपाईंले साँझको चिया तथा स्न्याक्स ४ बजेसम्म गर्नु एकदमै राम्रो मानिन्छ । त्यस्तै रातको खानाको पनि निश्चित समय छ ।

प्रायः मानिसहरु एकदमै ढिला रातको खाना खाने गर्छन् । तर, स्वस्थ रहनका लागि तपाईंले रातको खाना ७ बजेदेखि ९ बजेको बीचमा खाइसक्नुपर्ने हुन्छ । तर रातको खाना पनि सुत्नु भन्दा ३ घण्टा पहिले नै खाइसक्नुपर्ने हुन्छ ।

यस्तो खालको बानी गर्नुभयो र समयमा खानुभयो भने तपाईंको पाचन प्रक्रियाले राम्रोसँग काम गर्छ जसले गर्दा तपाईं मोटोपनको शिकार हुनु पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved