सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ

काठमाडौं। एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागको विशेष टोलीले अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीनजना कर्मचारी र तीनजना भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

यस्तै, सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिणा सुब्बा पनि पक्राउ परेका छन् ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved