रातमा सुत्नुअघि खुट्टा धुने गरेमा पाइन्छ यस्तो फाइदा

नेपालभ्युज

रातमा सुत्नुअघि खुट्टा धुने गरेमा पाइन्छ यस्तो फाइदा

एजेन्सी । दिनभर चप्पल लगाएर हिँडिरहँदा खुट्टामा फोहोर, धुलो माटो जम्छ जसले गर्दा पसिना पनि आउँछ । यस्तोमा रातमा खुट्टालाई धोएर मात्र सुत्नु पर्छ ।

रातमा सुत्नुअघि राम्रोसँग खुट्टा धुनुका फाइदा केके छन् ? जान्नुहोस ।

  • सुत्नुअघि खुट्टा धुने बानीले मानिसको दिनभरको थकान कम हुन्छ साथै तनाव पनि कम हुन्छ ।
  • खुट्टा धोएर सुत्ने गरेमा राम्रो निद्रा आउँछ । साथै फोहोर, सिना र ब्याक्टेरियालाई हटाउँदा खुट्टा पोल्ने, चिलाउने र खुट्टाबाट दुर्गन्ध आउन पनि कम हुन्छ ।
  • खुट्टा धोएर सुत्ने गरेमा खुट्टामा रक्तसञ्चार पनि राम्रो हुन्छ जसले गर्दा खुट्टाको स्वास्थ्य राम्रो हुन्छ ।
  • त्यस्तै खुट्टा सुन्निने तथा दुखेको छ भने पनि मनतातो पानीमा केहीबेर डुबाएर खुट्टा धुने गरेमा दुखाई कम हुन्छ ।
  • खुट्टामा भएको फोहोरले गर्दा ब्याक्टेरिया फैलने र संक्रमणको खतरा हुन्छ । जसलाई कम गर्न खुट्टा सफासँग धोएर मात्र सुत्नुपर्छ ।
  • दिनभरको काम, थकानले शरीरको तापक्रम बढेको हुन्छ । यस्तोमा खुट्टा धुने गरेमा शरीरको तापक्रम सही रहन्छ । र राम्रो निद्रा लाग्छ ।
  • खुट्टाको छालाका लागि पनि रातमा सुत्नुअघि धोएर सुत्नु एकदमै राम्रो हुन्छ । यसले फोहोर जम्न पाउँदैन र खुट्टाको छाला सफा र स्वस्थ हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved