मासु खान छोड्नुभयो भने शरीरमा देखिन्छ यस्तो परिवर्तन

नेपालभ्युज

मासु खान छोड्नुभयो भने शरीरमा देखिन्छ यस्तो परिवर्तन

एजेन्सी । माछामासु खानुहुन्थ्यो तर, अब छाड्नुभयो भने शरीरमा कयौं प्रकारका परिवर्तन देखिन्छन् । यदि तपाईंले शाकाहारी वा विगन बन्ने सोंचिरहनु भएको छ भने शरीरमा कस्तो खालका परिवर्तन आउनेछन् भन्ने जान्न एकदमै जरुरी छ ।

  • जो मानिसले मांसहारी खाँदैनन् त्यस्ता व्यक्तिमा क्रोनिक रोग लाग्ने सम्भावना कम हुन्छ । शाकाहारी व्यक्तिलाई मुटुको रोग, उच्च रक्तचाप, टाइप २ डायबिटीज तथा क्यान्सर जस्ता रोगको खतरा कम हुन्छ ।
  • प्लान्ट बेस्ड डाइटमा फाइबर धेरै हुन्छ । जसले स्वस्थ पाचन प्रक्रियालाई बढावा दिने गर्छ र कब्जियत जस्ता समस्या कम हुन्छ ।
  • त्यस्तै शाकाहारी खाना खानाले तौल नियन्त्रण गर्न पनि सकिन्छ । किनकी शाकाहारी खानामा क्यालोरी कम हुन्छ ।
  • मांसहारी खानाले शरीर सुन्निने समस्या बढ्न सक्छ । त्यसैले मासु छाड्नासाथ शरीर सुन्निने समस्या पनि कम हुँदै जान्छ ।
  • मांसहारी खानामा फ्याट अर्थात बोसो धेरै मात्रामा पाइन्छ । त्यसैले यसको सेवन गर्दा कोलेस्ट्रोल बढ्न थाल्छ र मुटुको रोग लाग्ने सम्भावना धेरै हुन्छ ।
  • फल, तरकारी, नट्स आदिमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसको सहयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।
  • त्यस्तै प्लान्ट बेस्ड फुडमा भिटामिन, मिनरल्स जस्ता कयौं पोषक तत्व भरपूर मात्रामा पाइन्छ । जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved