काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एकता महाअभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीबीच एकता हुनपर्नेमा जोड दिएका छन् ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट एकतामा जोड दिएका हुन् । समाजवादी मोर्चा बन्नु राम्रो भएपनि सबै कम्युनिस्टबीच एकता हुनु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।
उनले लोकतान्त्रिक मूल्य, मान्यतासहितको समाजवादका लागि कम्युनिस्ट एकता अपरिहार्य भएको तर्क गरे ।
‘सबै कम्युनिष्टहरु एकतामा आऔँ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाज निर्माणमा अघि बढौं’, उनले भने ।
नेता गौतमले स्वर्गीय पुष्पलालले देखेको सपना साकार पार्न पनि कम्युनिस्ट पार्टीहरु एक हुनपर्ने बताए ।
Facebook Comment
Comment