सुन तस्करी छानबिन गर्न राजस्वले बनायो बेग्लै समिति

यसअघि भन्सार विभागले छानबिन समिति बनाइसकेको थियो

नेपालभ्युज

सुन तस्करी छानबिन गर्न राजस्वले बनायो बेग्लै समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद करिब सय किलो सुन बरामदको छानबिन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

विभागले घटनाको अनुसन्धान गर्न चार सदस्यीय छानबिन समिति बनाएको हो । यसअघि भन्सार विभागले अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

उक्त छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ । बुधबार विमानस्थल भन्सारबाट पास भइसकेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो।

यस सुन प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved