महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

नेपालभ्युज

महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा आज शुक्रबार तीन वटा खेल हुँदैछन् ।

पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड खेल्दैछन् । यो खेल विहान पौने ११ बजे न्युजिल्याण्डमा हुनेछ । यस्तै, समूह बीको नाईजेरिया र क्यानडाबीचको खेल विहान पौने ९ बजे  अष्ट्रेलियाको मेलवर्नमा सुरु हुनेछ ।

आजै समूह सीमा रहेका स्पेन र कोस्टारिकाको खेल पनि हुँदैछ । यो खेल दिउँसो सवा १ बजे न्युजिल्याण्डको विलिङ्टनमा हुनेछ ।

विहीबारदेखि सुरु भएको विश्वकपमा आयोजक देश अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । विश्वकपमा ३२ देश सहभागि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved