व्यवहारिक मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

नेपालभ्युज

व्यवहारिक मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
फाइल तस्वीर

काठमाडौं । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न अर्थ समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तरर्गत अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालु आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति जारी गर्न निर्देशन दिएको बताए ।

उनले आन्तरिक उत्पादन वृद्धि, रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न, बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न पनि निर्देशन दिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved