सुन प्रकरण : विमानस्थल भन्सारका दुई कर्मचारी र एक एजेन्ट निलम्बित

नेपालभ्युज

सुन प्रकरण : विमानस्थल भन्सारका दुई कर्मचारी र एक एजेन्ट निलम्बित

काठमाडौं । सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका दुई कर्मचारी र एक एजेन्टलाई निलम्बन गरिएको छ ।

भन्सार विभागको सिफारिस अनुसार अर्थ मन्त्रालयले अधिकृत सन्तोष चन्द र खरिदार यादव पराजुलीलाई निलम्बन गरेको हो । सुनको भन्सार पास गराउन उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

भन्सार एजेन्ट कुमार ढकाल पनि निलम्बनमा परेका छन् । बरामद भएको सुन जोख्ने क्रम जारी छ । ब्रेक शुबाट सुन निकालेर जोखेपछि यकिन परिणाम आउनेछ । उक्त सुन करिब १०० किलो हुने अनुमान गरिएको छ ।

मंगलबार हङकङ हुँदै आएको ठूलो परिमाणको सुन त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भएर ट्याक्सीमा लैजाने क्रममा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved