अनुहारमा भिटामिन ‘सी’ लगाउँदा हुने फाइदा

नेपालभ्युज

अनुहारमा भिटामिन ‘सी’ लगाउँदा हुने फाइदा

एजेन्सी। छालालाई स्वस्थ राख्नका लागि भिटामिन ‘सी’ फाइदाजनक हुन्छ । खासगरी, भिटामिन ‘सी’लाई छालाका लागि एकदमै फाइदाजनक मानिएको छ ।

छालालाई जवान राख्नदेखि लिएर काला दागधब्बाहरू हटाउनका लागि पनि भिटामिन ‘सी’को प्रयोग गरिन्छ ।

– अनुहारमा चाउरीपना नआओस् भन्न लागि तपाईं आफ्नो स्किन केयर रुटिनमा भिटामिन ‘सी’ सिरमलाई पनि अवश्य समावेश गर्नुहोस् ।

– त्यस्तै, काला तथा खैरा साना दागहरूलाई हटाउनका लागि पनि भिटामिन ‘सी’ एकदमै फाइदाजनक हुन्छ । मेलानिनको कमीले यस्ता दागहरू आउने हुँदा भिटामिन ‘सी’ले अनुहार मसाज गर्दा फाइदा हुन्छ ।

– छालामा कोलेजनको कमी हुन थाल्यो भने छाला झोल्लिने हुन थाल्छ । छालाको इलास्टिसिटीलाई कायम राख्नका लागि भिटामिन ‘सी’बाट बनेका सौन्दर्य सामग्रीहरुको प्रयोग गर्नुपर्दछ ।

– छालालाई हाइड्रेट राख्न एकदमै आवश्यक हुन्छ । छाला हाइड्रे‍टेड राख्नका लागि तपाईं भिटामिन ‘सी’ले बनेको क्रिम वा मोइश्चराइजरको प्रयोग गर्न सक्नुहुन्छ ।

– त्यस्तै छालामा महँगा क्रिम तथा ट्रिटमेन्टहरू प्रयोग गरेर चम्काउन भन्दा भिटामिन ‘सी’को नियमित प्रयोगले पनि तपाईं अनुहार चम्काउन सक्नुहुन्छ ।

– अनुहारमा भिटामिन ’सी’को प्रयोग दिनको समयमा गर्नुपर्दछ । भिटामिन ‘सी’ फोटोग्राफेक्टिव एन्टिअक्सिडेन्ट हो जसले तपाईंको छालालाई घामबाट हुने ड्यामेजबाट बचाउने काम गर्छ ।

– भिटामिन ‘सी’ ले छालालाई घामबाट हुने नोक्सानीबाट जोगाउने काम गर्छ । यदि, तपाईं रातमा भिटामिन ‘सी’को प्रयोग गर्नुहुन्छ भने त्यसले छालालाई फाइदा पुर्‍याउन सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved