बरामद सुन जोख्न राष्ट्र बैंक लगिँदै, करिब सय केजी भएको अनुमान

नेपालभ्युज

बरामद सुन जोख्न राष्ट्र बैंक लगिँदै, करिब सय केजी भएको अनुमान

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद भएको सुन जोख्नका लागि राष्ट्र बैंक लैजाने तयारी भइरहेको छ ।

राजस्व अनुसन्धान विभागले बरामद सुन जोख्नका लागि राष्ट्र बैंक लैजान लागेको हो । अबको केहीबेरपछि सुन जोख्नका लागि लैजाने जनाइएको छ ।

बरामद सुन करिब सय केजी भएको अनुमान छ ।

सुन तस्करी प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । विमानस्थल प्रशासनले बुधबार ड्युटीमा रहेका सबै कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको बताएको छ ।

सुन तस्करीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved