फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वे र न्युजिल्यान्ड भिड्दै

नेपालभ्युज

फिफा महिला विश्वकपको उद्घाटन खेलमा नर्वे र न्युजिल्यान्ड  भिड्दै

काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नर्वे र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्।

न्युजिल्यान्डस्थित एडेन पार्कमा हुने खेलमा घरेलु टोली र नर्वेे आमनेसामने हुने छन्। खेल नेपाली समयअनुसार दिउँसौ पौने १ बजे सुरु हुनेछ।

अर्को खेलमा अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्यान्ड आमने सामने हुनेछन्। स्डिनीस्थित स्टेडियम अस्ट्रेलियामा हुने खेलमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

नवौँ संस्करणको महिला विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगिता अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्तरूपमा आयोजना गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved