पाँचघण्टा बित्दा पनि उद्धार हुन सकेन शिव खोलामा खसेको ट्रक चालकको (भिडिओ)

नेपालभ्युज

पाँचघण्टा बित्दा पनि उद्धार हुन सकेन शिव खोलामा खसेको ट्रक चालकको (भिडिओ)

काठमाडौं। पूर्व– पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिव खोला पुलबाट ट्रक खसेको पाँच घण्टा बितिसक्दा पनि चालकको उद्धार हुन सकेको छैन।

उल्टो अवस्थामा रहेको ट्रक भित्र चालक सिटमै च्यापिएको अवस्थामा छन्। तर फलाम काट्न सहज नहुँदा उद्धार गर्न समस्या भएको हो।

मल लिएर भैरहवादेखि नेपालगन्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान पाँच बजे लमही नगरपालिका–९ स्थित पुलबाट शिव खोलामा खसेको थियो।

ट्रकका चालक रुपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका–६ का ३८ वर्षीय वसन्त लोहनीया सिटमै च्यापिएका छन्।
सहचालक १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँच्न सफल भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved