काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अध्यक्ष न्यौपानेले राज्यस्तरबाटै क्रसर व्यवसायीको बदनाम भएको भन्दै आक्रोश प्रकट गरे ।
सरकार नै क्रसर उद्योग बन्द गर्ने नियतबाट प्रेरित भएको उनको आरोप छ । करिब दुई खर्ब लगानी भएको क्रसर उद्योगलाई व्यवस्थित गर्नभन्दा पनि बन्द गर्नेतिर प्रशासनको ध्यान गएको भन्दै उनले सरकारको आलोचना गरे ।
‘क्रसर उद्योगहरुले कानुनी प्रक्रिया पूरा गरेको छैन भने गराउनुपर्यो तर मनलाग्दी ढंगमा हामीलाई अफ्ठ्यारो पार्नु भएन’, उनले भने, ‘हामीले उद्योग नवीकरणसम्म गर्न पाएका छैनौं । जसकारण हामीलाई धेरै गाह्रो भएको छ ।’
उनले क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्डलाई सहज हुनेगरी संशोधन गर्न पनि माग गरे ।
Facebook Comment
Comment