‘बाँच्दासम्म कसैलाई दु:ख दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन्’

‘बाँच्दासम्म कसैलाई दु:ख दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन्’

दु:खको यो घडीमा सबैको सद्भाव, समवेदना र सहानुभूतिले पीडाबाट निस्कनमात्रै सहयोग गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन पनि प्रेरित गरिरहेको छ ।

यसबीचमा हामीले एक छोरी र एक छोरासहित २ सन्तानको मृत्यु बेहोर्‍यौँ, मृत्यु नियाल्यौँ । शरीरले साथ दिएसम्म यो पीडामा सीता पनि दृढतापूर्वक नै उभिइन्, साथ दिइन् । आफ्नो बुद्धि-विवेक र स्रोतले भ्याएसम्म राज्यबाट सहायता नलिइकनै सीताको उपचारमा हामी जुट्यौँ, प्रयास गर्‍यौँ । तर, केही लागेन । त्यसपछि उनी थला नै परिन् । थला परिसकेपछि हामीलाई उनको निकै दुखद् मृत्यु देख्नुपर्छ कि भनेर चिन्ता लाग्यो । बा ! कतै कुनै अस्पतालको आईसीयू वा भेन्टिलेटरतिर पो उनको कष्टप्रद र दुखदायी मृत्यु हुन्छ कि भनेर डरायौँ पनि । तर, बाँच्दासम्म कसैलाई दु:ख दिन नजानेकी सीताले मृन्यु पनि शान्त नै रोजिन् । साढे ७ तिर हामीले अस्पताल पुर्‍याएका थियौँ सीतालाई, ८:३० तिर त उनी हामी सबैबाट बिदा नै भइसकेकी थिइन् ।

म आज उनको उपचारमा संलग्न सबै चिकित्सक तथा नर्सहरूलाई धन्यवाद दिन्छु मनैदेखि । अस्पतालदेखि पार्टी कार्यालयसम्मव र आर्यघाटदेखि बालुवाटारसम्म सीताको त्याग र बलिदानले पाएको प्रशंसाले हामीलाई अझ उत्साहित बनाएको छ र देश र जनताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भनेर प्रेरित गरिरहेको छ ।

सीताको मृत्युमा प्रकट भएका यी सहानुभूतिहरूले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको छ । यी साथले नेपाली समाजमा व्याप्त आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सबैखाले समस्याहरूको अन्त्य गर्नका लागि प्रेरणा दिएको छ ।

मित्रराष्ट्र तथा सरकारका प्रमुखहरूबाट पनि सहानुभूति तथा समवेदना प्राप्त भयो । त्यसले पनि उस्तै प्रेरणा दिएको छ । कूटनीतिक, राजनीतिक, सञ्चार, कर्मचारीतन्त्र, बुद्धिजीवी, साहित्यकार, सङ्गितकर्मी, पत्रकार तथा समाजका सबैबाट पाएको समवेदना तथा सहानुभूतिले ठूलो मल्हम लगाइदिएको छ मलाई र मेरो परिवारलाई । यसका लागि परिवार, पार्टी तथा सरकार धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ ।

मङ्गलबार बालुवाटारमा आयोजित सीता दाहालको श्रद्धाञ्जली सभामा सीतापति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको धन्यवाद मन्तव्यको सम्पादित अंश । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved