सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ। यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved