आतङ्कवादविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता

नेपालभ्युज

आतङ्कवादविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता

इस्लामाबाद । पाकिस्तान र इरानले सीमा क्षेत्रबाट आतङ्कवाद निर्मूल गर्न सहकार्यको प्रतिबद्धता व्यक्त गरेका छन् । दुवै देशका सेनाले एकअर्काका गुप्तचर निकायसँग सहकार्यका साथ आतङ्कवादी सञ्जालविरुद्ध कारबाही एकीकृतरूपमा काम गर्ने बताएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका अनुसार सेना प्रमुख जनरल असिम मुनिरको इरानको दुईदिने भ्रमणका क्रममा दुवै पक्षका सैन्य कमाण्डरबीचको बैठकमा सहकार्यको सहमति भएको हो । प्रधानसेनापतिले इरानको सशस्त्र बलका प्रमुख मोहम्मद बगेरी र अन्य सैन्य नेतृत्वसँग आपसी सहयोगबारे छलफल गरेका थिए ।

खुफिया सूचना आदानप्रदानका माध्यमबाट सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा आतङ्कवादका सबै रुप र प्रकटीकरणको एकढिक्का भई प्रभावकारी कारबाही गर्ने वाचा दुवै देशका सैन्य कमाण्डरले गरेका थिए । प्रधानसेनापति मुनिरले इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved