घरबाट साँङ्ला भगाउने सजिलो तरिका

नेपालभ्युज

घरबाट साँङ्ला भगाउने सजिलो तरिका

एजेन्सी । घरमा फोहोरी साँङ्लाको आतंक बढ्यो भने मुड खराब हुन थाल्छ । यसले कयौं रोग फैलाउने खतरा पनि हुन्छ । यिनले हरेक चीजलाई समेत फोहोर गराइदिन्छन् । जसले गर्दा कयौं रोग लाग्न सक्छ । सजिलो तरिका अपनाएर पनि साँङ्लाको नास गर्न सकिन्छ । आउनुहोस जानौं त्यस्ता उपाए ।

  • जहाँ साँङ्ला देखिन्छन् त्यहाँ काँक्राको स्लाइस राख्नुहोस् । यो स्लाइस राखेपछि साँङ्ला देखिन छोड्छन् ।
  • त्यस्तै काँक्रालाई पिसेर त्यसको रस निकालेर एउटा स्प्रे बोतलमा राख्नुहोस् र यसलाई आफ्नो पूरै घरमा छर्कनुहोस । यो उपायले पनि साँङ्ला भाग्छन् ।
  • भान्साको क्याबिनेटमा रेड वाइन छर्नुहोस् । यसो गर्नाले पनि साँङ्लाको समस्या सकिन्छ । रेड वाइनको वासनाले साँङ्ला आउँदैनन् ।
  • यदि तपाईंसँग मट्टितेल छ भने त्यसलाई साँङ्ला बस्ने कुनामा छर्न सक्नुहुन्छ । यसको गन्धले पनि साँङ्ला भाग्छन् ।
  • ल्वांगको सहयोगले पनि साँङ्ला भगाउन सकिन्छ । यसलाई हरेक कुनामा तथा दराजमा राख्दा साँङ्ला आउँदैनन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved