एजेन्सी । साउनको महिना शुरु भएको छ । यस महिनामा भक्तजनहरु भगवान शिवको पूजा गर्दछन् । यस महिनाका क्रममा भोलेनाथको पूजाको विशेष महत्व हुन्छ । यस्तोमा हामीले तपाईंलाई पूजाको क्रममा कस्तो कुराहरुलाई ध्यान दिनुपर्छ भनेर सल्लाह दिनेछौं ।
बेसार नचढाउने
धार्मिक कार्यमा बेसारको महत्वपूर्ण स्थान हुन्छ तर शिव जीको पूजामा बेसार चढाउनु हुँदैन । शास्त्रहरुका अनुसार शिवलिंग पुरुषत्वको प्रतिक हो र बेसारलाई सौन्दर्य प्रसाधनमा उपयोग गरिन्छ । यही कारणले शिवलिंगमा यसलाई चढाउनु हुँदैन ।
नरिवलको पानी
भगवान शिवलाई अभिषेक गर्नका लागि नरिवलको पानीको प्रयोग पनि गर्नु हुँदैन । नरिवललाई लक्ष्मीको स्वरुप मानिन्छ, जसलाई शुभकार्यमा प्रसादको रुपमा दिइन्छ । त्यसैले यसलाई शिवमा अर्पित गरेपछि पिउनका लागि योग्य रहँदैन ।
शंख
शास्त्रमा लेखिएअनुसार, शिवले शंखचूर नामक असुरको वध गरेका थिए, त्यसैले भगवान शिवको पूजामा शंखलाई निषेध गरिएको छ । तर भगवान विष्णुलाई भने शंख एकदमै मन पर्छ ।
चढाउने चिज
शिवको पूजामा जल, दुध, दही, घी, चिनी, अत्तर, चन्दन, केसर र भांग चढाउनु पर्दछ । यस्तो चिजहरुले शिवलिंगको स्नान गराउँदा सबै मनोकामनाहरु पूरा हुने मान्यता रहिआएको छ ।
फूल
भनिन्छ शिवलाई शमीको फूल र बेलको फूल एकदमै मन पर्छ । यस्तोमा शिवलिंगको पूजा गर्नका लागि यस्ता फूल चढाउन सकिन्छ । यस्तो गर्नाले शिव प्रसन्न हुन्छन् ।
Facebook Comment
Comment