काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितहरुलाई इजलासमा पेश गर्न आदेश दिएको छ ।
आइतबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पक्राउ परेका र बन्दी प्रत्यक्षीकरणको रिट दिएकाहरुलाई सोमबार इजलासमा पेश गर्ने आदेश दिएको हो ।
इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गराउने किर्ते मुद्दामा सोमबार प्राथमिकताका साथ पेशी व्यवस्थापन गर्न आदेश दिएको छ । उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिराखेको छ ।
पक्राउ परेकामध्ये सचिव कृष्णबहादुर राउत, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र पूर्वकर्मचारी धर्मप्रसाद गौतमले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका छन् ।
Facebook Comment
Comment