सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन। नेपालमा उत्पादित पशुआहार (साइलेज) पहिलो पटक चीन निर्यात गर्न चितवनमा आज आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सूत्रका रूपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए। उनले भने, ‘ समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ।’

पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले यथास्थितिमा बसिरहेर हुँदैन। विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन।’ भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उनको जोड थियो। व्यापार घाटा कम गर्ने र सफलरूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।

उनले भने, ‘यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ। यो एउटा राम्रो अवसर हो।’ सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैं तयार रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved