यस्ता खानेकुरापछि चिया कहिल्यै नखानुहोस्

नेपालभ्युज

यस्ता खानेकुरापछि चिया कहिल्यै नखानुहोस्

एजेन्सी । अधिकांश मानिस बिहानको शुरुआत नै चिया पिएर गर्छन् । तर केही चिजहरु खाएपछि चिया पिउनु एकदमै हानिकारक हुन सक्छ । आउनुहोस् जानौं के खाएपछि चिया पिउनु हुँदैन ।

हरियो सागपातहरुमा अत्यधिक मात्रामा आइरन पाइन्छ र चियामा ट्यानिन पाइन्छ । त्यसैले हरियो सात तथा तरकारी खाएपछि चिया पिउनु हानिकारक हुन सक्छ । यसले शरीरमा एसिड बन्ने खतरा हुन्छ जसले गर्दा आइरन पचाउन पनि बाधा आउन सक्छ ।

कतिपय मानिसलाई खाना खाएपछि तुरुन्त चिया पिउने बानी हुन्छ । तर यस्तो बानी पाचन तन्त्र कमजोर हुन्छ । साथै रक्तचाप बढ्ने समस्या पनि हुन सक्छ साथै पेटसँग जोडिएका समस्या पनि हुन सक्छन् ।

स्याउ खाएपछि पनि तुरुन्तै चिया पिउनु मनाही गरिन्छ । किनकी स्याउमा पाइने एसिड चियासँग मिल्यो भने शरीरमा नोक्सान पु¥याउन सक्छ । यसले पेटसम्बन्धी समस्या हुन सक्छ ।

चिसो चीज जस्तै आइसक्रीम वा दही खाएपछि पनि चिया पिउनु हुँदैन । यसले पनि पाचन प्रक्रियामा नराम्रो असर पर्न सक्छ । साथै यस्तो चिसो र तातो सँगसँगै खाँदा दाँतमा झनझनाहट पनि हुन सक्छ । साथै गिजाहरु पनि कमजोर हुन थाल्छ ।

कागती पानी वा कागतीको रस कुनै खानेकुरामा मिसाएर खाएपछि तुरुन्त चिया पिउनु पनि एकदमै हानिकारक हुन्छ । कागतीमा हुने एसिड चियासँग मिल्यो भने नराम्रो प्रभाव पर्छ । जसले गर्दा पाचन सम्बन्धी समस्याहरु हुन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved