स्वास्थ्यमन्त्रीको गुनासो: डाक्टरको दरबन्दी मिलाउन खोज्दा धम्की आयो

नेपालभ्युज

स्वास्थ्यमन्त्रीको गुनासो: डाक्टरको दरबन्दी मिलाउन खोज्दा धम्की आयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरु व्यवस्थापन गर्दा धम्की आउन थालेको गुनासो गरेका छन् ।

बिहीवार राष्ट्रियसभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले मोफसलमा दरबन्दी भएका डाक्टर काजमा काठमाडौंमा बसिरहेको भन्दै व्यवस्थापनमा चुनौती रहेको बताएका हुन् ।

उनले जस्तोसुकै चुनौतीका बाबजुद पनि दरबन्दी अनुसारका डाक्टरहरु व्यवस्थापन गरेरै छाड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सेवा नपुगेका ठाउँमा पनि डाक्टरहरु पुर्याउने गरी काम भइरहेको पनि बताए । उनका अनुसार अहिले ८ सयभन्दा बढी डाक्टरहरु काजमा बसिरहेको पनि जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved