एजेन्सी। प्रोटिन, क्याल्सियम, फाइबर र भिटामिन ‘सी’ जस्ता जरुरी पोषक तत्त्वहरूले भरपूर गाजरको सेवन गर्नाले स्वास्थ्यमा एकदमै धेरै लाभ पाउन सकिन्छ । आज यो लेखमार्फत् हामी गाजरको जुस पिउँदा हुने फाइदाहरूका बारेमा जान्नेछौं ।
– दैनिक गाजरको जुस पिउँदा तौल कम गर्न पनि सहयोग हुन्छ । यसमा फाइबर हुन्छ जसले शरीरको बोसो कम हुँदै जान्छ ।
– दैनिक गाजरको जुस पिउँदा छालामा पनि चमक आउन थाल्छ । गाजरको जुसमा एन्टिअक्सिडेन्ट गुणका हुन्छ जसले अनुहारमा दागहरू आउन दिँदैन ।
– साथै यो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ । आँखाको समस्या तथा रोशनी तेज गर्नका लागि पनि तपाईं दैनिक गाजरको जुस पिउन सक्नुहुन्छ ।
– गाजरको जुसमा भिटामिन सी पनि पाइन्छ । जसले गर्दा इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ । यसले तपाईं छिटो-छिटो बिरामी हुनबाट बच्नुहुन्छ ।
– गाजरको जुस मुटुका स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । यसमा पोटासियम र फोलेट पाइन्छ, जसले मुटु स्वस्थ राख्छ ।
– कपालको समस्याका लागि पनि गाजरको जुस पिउन सकिन्छ । यसमा भिटामिन ‘ए‘, ‘बी’ र ‘ई’ हुन्छ । विशेषगरी, भिटामिन ‘ई’ प्रसस्त हुन्छ जसले गर्दा कपालको वृद्धि पनि राम्रो हुन्छ ।
Facebook Comment
Comment