युक्रेनले चाँडै नेटोमा प्रवेश नपाउने, जेलेन्स्की आक्रोसित

आफ्नो देशलाई नेटोको सदस्यता दिन ढिलाई हुने देखेपछि जेलेन्स्कीले पश्चिमा देशले पर्याप्त सहयोग नगरेको र रुसलाई थप आत्मबल प्राप्त हुने काम गरिरहेको भन्दै आक्रोस पोखेका छन् ।

नेपालभ्युज

 युक्रेनले चाँडै नेटोमा प्रवेश नपाउने, जेलेन्स्की आक्रोसित

एजेन्सी। उत्तर एट्लान्टिक सन्धी संगठन नेटोले युक्रेनलाई तत्कालै सामेल गर्न नसकिने स्पष्ट पारेको छ ।

लिथुआनियाको राजधानी भिल्नियसमा भएको नेटो राष्ट्रहरुको शिखर बैठकमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले तत्कालै युक्रेनलाई नेटोको सदस्यता दिन माग गरेका थिए ।

तर नेटो राज्यहरूले युक्रेन सैन्य गठबन्धनमा सामेल हुन सक्ने तर पूर्ण सदस्यताको लागि केही समय कुर्नुपर्ने बताएका छन्। आफ्नो देशलाई नेटोको सदस्यता दिन ढिलाई हुने देखेपछि जेलेन्स्कीले पश्चिमा देशले पर्याप्त सहयोग नगरेको र रुसलाई थप आत्मबल प्राप्त हुने काम गरिरहेको भन्दै आक्रोस पोखेका छन् ।

जेलेन्स्कीले नेटो सदस्य राष्ट्रहरुले बेतुकका तर्क सारेर आफ्नो देशलाई सदस्यता दिन अस्वीकार गरेको बताएका छन् । केही सदस्य राष्ट्रहरूले युक्रेन-रूस युद्ध थप बढाउन र लम्ब्याउन प्रोत्साहन दिन सक्ने डर रहेको पनि उनको भनाई छ।

नेटोले सन् २००८ मै युक्रेन निकट भविष्यमा आफ्नो सदस्य हुने बताएको थियो । तर अहिलेसम्म पनि उसलाई सदस्यता दिइएको छैन । युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफूमा सुरक्षा चुनौती थपिने भन्दै रुसले सदस्यता नलिन चेतावनी दिएको थियो ।

द्रुत प्रक्रियाबाट सदस्यता दिँदा रुसविरूद्ध घोषितरूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन । नेटो सन्धिअनुसार कुनै पनि सदस्य देशविरुद्ध आक्रमण भएमा सबै सदस्य देशले मिलेर त्यो देशको प्रतिरक्षा गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved