एजेन्सी । के तपाईंसँग छालाको सेतो पर्स छ, जसमा दाग लागेको छ ? अब तपाईंले यस्तो झोलाको काम छैन भनेर राख्नुभएको छ भने चिन्ता लिनु पर्दैन ।
यसलाई सजिलै तपाईं घरमै सफा गर्न सक्नुहुन्छ । तपाईंको झोला पहिले जस्तो सेतो चम्किनेछ । विभिन्न उपायले तपाईं फोहोर भएको सेतो लेदरको झोला सफा गर्न सक्नुहुन्छ ।
– मञ्जनले दाँत चम्काउनुका साथै झोलालाई पनि चम्काउने काम गर्छ । झोला चम्काउनका लागि पनि तपाईं मञ्जनको प्रयोग गर्न सक्नुहुन्छ ।
– सेतो लेदरमा लागेको दाग हटाउनका लागि बेकिंग सोडाको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि दाग लागेको ठाउँमा बेकिंग सोडाको पेस्ट लगाउनुहोस् र केहीबेरपछि हल्का घोटेर सफा गर्नुहोस् ।
-तपाईं मकैको पिठोलाई पनि दाग हटाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दाग लागेको ठाउँमा मकैको पिठो लगाउनुहोस् र एक घण्टा राखेर त्यसलाई सफा भिजेको कपडाले पुछ्नुहोस् ।
– तपाईं कहिल्यै पनि सेतो छालाको झोलालाई जथाभावी नराख्नुहोस् । यसलाई जहिले पनि सफा ठाउँमा मात्र राख्ने गर्नुहोस् ।
– कम्तीमा पनि हप्तामा एकपटक भिजेको कपडाले उक्त झोलालाई सफा गर्ने गर्नुहोस् । यसो गरिराखेमा धेरै फोहोर हुन पाउँदैन जसले गर्दा झोला सधैं सफा देखिन्छ ।
Facebook Comment
Comment