चितवन। कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोशिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरू विदेश पलायन भएका हुन् ।
कर्मचारी राखेर तलब खुवाउन र घर बहाल करसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेसिन बाध्य भएको उनीहरूको भनाइ थियो । विगत वर्षदेखि व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय अहिले बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देखिन्छ ।
उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात व्यवसायी व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरू विजनेश भिसामा विदेश पलायन भएको उनले बताए । अहिले १२ उद्योगी व्यवसायीले औपचारिकरुपमा फार्म बन्द गर्नका लागि निवेदन दिएका छन् ।
उनले भने “आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।” मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् ।
उनले थपे,“ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् । सानाको अवस्था नाजुक बन्दै गएको छ ।” सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसाय सञ्चालनमा समस्या पर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला उद्योग वाणिज्य सङ्घमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयनीय बन्दै गएको छ । अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यान्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग त्यसको प्रत्यक्ष मारमा परेका छन् ।
चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताए । यो क्रम बढ्दो रहेको उनले जानकारी दिए । सङ्घमा आबद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उनको भनाइ थियो ।अध्यक्ष कँडेलले भने “उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ । बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।”
उद्योगी तथा व्यवसायी आफ्ना उद्योग तथा व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै अध्यक्ष कँडेललले यसलाई रोक्न राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए। बैंकहरूले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायत काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।-रासस
those biz youth who left the country in this situation they are all opportunites they are just work them self like selfish businessman and request you all this type of biz man’s cases noth highligth media friend
Those business man who left the country in this situation they are all opportunites they are just work them self like selfish/ narrow mind businessman because when they start their black crruption business in Nepal that time they assist to make crruptated govt of nepal given by iligally black money to established their biz company !!! and request you all this type of biz man’s cases not highlight media friend better to say bye bye them.