प्रधानमन्त्री कप भलिबल : एभरेस्टलाई हराउँदै एपीएफ फाइनलनजिक

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : एभरेस्टलाई हराउँदै एपीएफ फाइनलनजिक

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिप महिलातर्फ एपीएफ क्लबले एभरेस्ट भलिबल क्लबलाई हराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा मङ्गलबार भएको खेलमा एपीएफले एभरेस्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेटमा २५–९, दोस्रोमा २५–१२ र तेस्रोमा २५–१२ ले एपीएफ विजयी भयो । लगातार तेस्रो जितसँगै एपीएफ फाइनल नजिक पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved