काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लामो समय प्रधानमन्त्री हुनेमा ढुक्क नभएको बताएका छन् । ‘मलाई अहिले पनि लामो समय प्रधानमन्त्री हुन्छु भन्नेमा ढुक्क छैन’, सोमबार संसदमा जवाफ दिँदै उनले भने, ‘जति समय यो पदमा रहन्छु, राम्रो गर्छु भन्ने छ ।’
कुनै कुनै देशमा कोही १०, १२ दिन मात्रै किन प्रधानमन्त्री हुँदारहेछन् भन्ने पनि बल्ल बुझेको उनले बताए ।
प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू अलिक सेन्टिमेन्टल भएर प्रीतम सिंहबारेको अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् । उनले भने, ‘म अलिक सेन्टिमेन्टल स्वभावको छु भन्ने धेरैलाई थाहा छ । त्यो अभिव्यक्ति पनि भावनात्मकरूपमा नै आएको हो ।
संसदमा बोल्दै उनले ‘प्रतिपक्षीले प्रश्न उठाउनेबित्तिकै राजीनामा दिनुपर्ने हो ?’ भन्दै प्रश्न पनि गरे । संसदमा कटाक्ष गर्नुभन्दा पनि स्पष्टीकरण दिन उभिएको भन्दै उनले भने, ‘म अहिले काउन्टर अट्याक गर्न उभिएको होइन । मेरो कुरा प्रष्ट नै छ । अलिक भावनात्मक भएँ हुँला, तर गल्ती गरेको छैन ।’
Facebook Comment
Comment