प्रधानमन्त्री कप : हेल्प नेपालले दावाली मिलनलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप : हेल्प नेपालले दावाली मिलनलाई हरायो

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए भलिबल च्याम्पियनसिपमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले दावाली मिलन क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डबलमा सोमबार भएको खेलमा हेल्प नेपालले दावाली मिलनलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

हेल्प नेपालले दावाली मिलनलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–२२ र तेस्रोमा २५–२१ ले पराजित गर्‍यो।

हेल्प नेपालको यो लगातार तेस्रो जित हो। हेल्प नेपालले पहिलो खेलमा सैलुङ बागढुङ्गालाई ३–० ले पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved