काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहालाई तारिख-पर्चा थमाएपछि आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ फेसबुकमा एक स्टाटस शेयर गर्दे उनले यस्तो आकोश व्यक्त गरेका हुन् ।
‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’ उनले लेखेका छन्, ‘आजै प्रधानमन्त्रीज्युले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी जय होस् यो देशको ।’
हिन्दी सिनेमा बन्द गर्ने विषयमा मेयर शाहाले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले मेयर शाहालाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।
Facebook Comment
Comment