प्रधानमन्त्री कप भलिबल क्लब च्याम्पियनसिप : एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल क्लब च्याम्पियनसिप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं। सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार भएको खेलमा एपीएफले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो।

गण्डकीले पहिलो सेटमा एपीएफलाई २१–२५ पराजित गर्दै अग्रता लिएको थियो। दोस्रो सेटमा भने एपीएफले गण्डकीलाई २५–२१, तेस्रोमा २५–२३ र तेस्रोमा २५–१७ ले पराजित गर्‍यो। पहिलो खेलमा एपीएफले दावाली मिलनलाई ३–० को सेटमा पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved