काठमाडौं । भोलिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि देशैभर ठूलो पानी पर्नेछ । पूर्वी र मध्य क्षेत्रमा अति भारी वर्षाको सम्भावना छ ।
केही दिन कुनै कुनै क्षेत्रमा मात्रै सक्रिय रहेको मनसुन भोलिदेखि भने देशैभर एकसाथ फैलन थालेको महाशाखाले जनाएको छ ।
आज पनि चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
Facebook Comment
Comment