स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

नेपालभ्युज

स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा

काठमाडौं । स्कटल्याण्डलाई  ४ विकेटले  हराउँदै  नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ । जिम्बाव्वेको बुलवायोमा भएको आइसिसी विश्वकप छनोट प्रतियोगितामा स्कटल्यान्डमाथि ४ विकेटको जित निकालेसँगै नेदरल्यान्ड्स  एकदिवसीय विश्वकपका लागि छनोट भएको हो ।

सुपरसिक्सबाट दुई टिम विश्वकपमा पुग्ने प्रावधानअनुरुप नेदरल्यान्ड्स दोस्रो भयो। सुपर सिक्समा नेदरल्यान्ड्सले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष दुई स्थान हात पार्‍यो।

४० ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २३३ रन जोडेको नेदरल्याण्ड्सले  ४१औं ओभरमा २२ र ४२‍औं ओभरमा २० रन बनाएको थियो ।

पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । स्कटल्याण्डका  लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

चार खेलबाट ८ अंक जोडेको श्रीलंका यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । विश्वकप क्रिकेट आगामी अक्टोबर नोभेम्बरमा भारत आयोजना हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved