क्यानका डिजीलाई मन्त्री किरातीले सोधे फेरि स्पष्टीकरण, तीनदिने अल्टिमेटम

यसअघि सोधेको स्पष्टीकरणको जवाफ नपाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई फेरि स्पष्टीकरण सोधेका छन् ।

नेपालभ्युज

क्यानका डिजीलाई मन्त्री किरातीले सोधे फेरि स्पष्टीकरण, तीनदिने अल्टिमेटम

काठमाडौं । यसअघि सोधेको स्पष्टीकरणको जवाफ नपाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई फेरि स्पष्टीकरण सोधेका छन् ।

यसअघि गत असार ११ गते सात दिनको समय दिँदै सोधिएको स्पष्टीकरणको जवाफ नपाएपछि मन्त्री किरातीले तीनदिने अल्टिमेटमसहित बिहीबार फेरि पत्र पठाएका हुन् ।

यसअघि अधिकारीले सार्वजनिकरुपमै जवाफ नदिने बताएका थिए । महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेकोलगायत आरोप लगाउँदै मन्त्री किरातीले स्पष्टीकरण सोधेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved