उपराष्ट्रपति यादवले गरे बुढानीलकण्ठ धर्मशालाको उद्घाटन(तस्वीरहरु)

नेपालभ्युज

उपराष्ट्रपति यादवले गरे बुढानीलकण्ठ धर्मशालाको उद्घाटन(तस्वीरहरु)

काठमाडौं ।  उपराष्ट्रपति  रामसहाय प्रसाद यादवले काठमाडौंको  बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला ‘अतिथि गृह’ को उद्घाटन गरेका छन् । बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले पुर्‍याएको सहयोगको सराहना गरेका छन्  ।

सो समारोहमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु  गगन कुमार थापा, प्रदिप पौडेल, भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख   प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख डा शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारी उपस्थिति रहेको  थियो ।

भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमानिर्माण भएको  उक्त धर्मशाला नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण भएको परियोजना हो ।   हो ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका  सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको हो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित यस साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउने हजारौं तीर्थयात्रीलाई सेवा दिनेछ । नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

यस परियोजनाले नेपालसँग भारतको लामो समयदेखि रहिआएको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपालमा भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाल सरकारले गरेको प्रयासको कदर  गरेको छ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको भारतीय दुतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved