ओली भन्छन्: हामीले प्रधानमन्त्रीको जवाफ खोजेका होइनौं, राजीनामा चाहियो

नेपालभ्युज

ओली भन्छन्: हामीले प्रधानमन्त्रीको जवाफ खोजेका होइनौं, राजीनामा चाहियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा एमालेले प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा खोजेको बताएका छन्।

बुधबार संसद भवनबाट बाहिरिँदै उनले भने, ‘हामीले प्रधानमन्त्रीको जवाफ मागेका छैनौं, राजीनामा नै चाहियो ।’

ओलीले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाभिमान र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामको विकल्प नभएको तर्क गरे ।

प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू एमाले, रास्वपा र राप्रापाका सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।


Comment

One thought on “ओली भन्छन्: हामीले प्रधानमन्त्रीको जवाफ खोजेका होइनौं, राजीनामा चाहियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved