महोत्तरीमा सामान्य विवादमा गोली चल्यो, एकजना गम्भीर घाइते

नेपालभ्युज

महोत्तरीमा सामान्य विवादमा गोली चल्यो, एकजना गम्भीर घाइते
प्रतीकात्मक तस्वीर ।

महोत्तरी । महोत्तरीमा सामान्य विवादको क्रममा गोली चलेको छ ।

दुई राउराण्ड गोली चल्दा महोत्तरीको रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार स्थानीय  ३८ वर्षीय कौशल मण्डलले यादवमाथि गोली प्रहार गरेका हुन् ।

यादवको कन्चट र दाहिने कुमको माथि गोली लागेको छ ।

गम्भीर घाइते उनलाई थप उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने मण्डल पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved