गगनलाई बालेनको चुनौती- बोलेको कुरा पुरा गर्नुस्

नेपालभ्युज

गगनलाई बालेनको चुनौती- बोलेको कुरा पुरा गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पुरा गर्न चुनौती दिएका छन् । मंगलबार साँझ सामाजिक संजाल फेसबुक मार्फत् मेयर शाहले यस्तो चुनौती दिएका हुन् ।

‘नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ’ बालेनले लेखेका छन, ‘बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।’

महामन्त्री थापाले सोमबारको एक कार्यक्रममा  झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।


Comment

One thought on “गगनलाई बालेनको चुनौती- बोलेको कुरा पुरा गर्नुस्

  1. पार्टी होइन बिकाश हेरौ।जनताका जल्दाबल्दा आबाज/दृष्य लाई ध्यान दिऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved