विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

नेपालभ्युज

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिन फिङले मंगलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका छन् ।

साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिंक मार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त टिप्पणी गरेका हुन्।

सो अवसरमा उनले आधिपत्यवाद र शक्तिको राजनीतिको विरोध गर्न, विश्वव्यापी शासन प्रणालीलाई थप न्यायपूर्ण बनाउन र सबैका लागि समान अधिकार, समान अवसर र निष्पक्ष नियमहरू अगाडि बढाउन ठोस र निरन्तर प्रयासद्वारा मानव समाजको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न समेत आह्वान गरे । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved