दुई जना भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार प्रोत्साहन भत्ता !

नेपालभ्युज

दुई जना भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार प्रोत्साहन भत्ता !

पाल्पा । ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने भनाई खुब चर्चित छ । राम्रो पालन पोषण र शिक्षाको लागि दुई जना सन्तान मात्रै जन्माउने चलन बढिरहेको छ । कतिपयले त झन एउटै सन्तान काफी भएको भन्न थालेका छन्।

तर पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले भने दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले दुई भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको हो ।

यो कार्यक्रम आउँदो साउन १ गतेदेखि लागू हुने छ । यो वर्षका लागि ६० हजार रुपैयाँ बजेट छुट्याएकाले सुरुका १२ जनाले भत्ता पाउनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved