एजेन्सी। सबैलाई लामो तथा बाक्लो कपाल मनपर्छ। तर, त्यसलाई पाउनका लागि एकदमै मेहनत गर्नुपर्छ । धेरैजसोले अहिले कपालमा विभिन्न क्यामिकलको प्रयोग गर्ने गर्दछन् तर त्यति गर्दा पनि राम्रो नतिजा पाइँदैन । आउनुहोस् जानौं आखिर किन कपाल बढ्न रोकिन्छ ?
– थाइराइडका बिरामीहरूलाई कैयौं प्रकारका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । कपाल झर्नु पनि त्यहीमध्ये एक हो । जसले गर्दा कपालको ग्रोथ पनि रोकिन्छ ।
– धेरै स्ट्रेस तथा मानसिक समस्याहरूका कारण पनि तपाईंको कपाल झर्न थाल्छ र कपाल पलाउन तथा बढ्न पनि एकदमै कम हुन्छ ।
– उमेर बढ्दै गएपछि पनि कपाल झर्ने तथा नयाँ कपाल नपलाउने समस्या देखिन थाल्छ । उमेर बढ्दै गएपछि कपाल बढ्ने रेट पहिलेभन्दा एकदमै कम हुन्छ ।
– कपालको विकास एकदमै धेरै हुनु वा कत्ति पनि नहुनु हर्मोनल असन्तुलनको कारणले पनि हुन सक्छ ।
– शरीरमा जरुरी पोषक तत्वहरूको कमीले गर्दा पनि कपालको ग्रोथ रोकिन्छ । यस्तोमा सही खानपान गर्नु एकदमै जरुरी हुन्छ ।
– यदि, तपाईंको आमाबुबाको कपाल एकदमै कम छ भने तपाईंको पनि कपाल सानो वा पातलो हुन सक्छ । यो तपाईंभित्रैबाट वंशानुगत समस्या पनि हुन सक्छ ।
– कपालमा विभिन्न स्टाइलिंग प्रोडक्ट्सको अत्यधिक प्रयोगले गर्दा पनि तपाईंको कपालको ग्रोथ कम हुन सक्छ । त्यसैले सकेसम्म यस्ता सामग्रीको कमै मात्रामा प्रयोग गर्नुहोस् ।
Facebook Comment
Comment